सञ्चारगृह अघि शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघद्वारा छानबिन र सुरक्षा सुनिश्चित गर्न माग
२९ आषाढ़, २०८३, सोमवार
- महासंघले सञ्चारमाध्यम र पत्रकारको संवैधानिक तथा पेशागत अधिकारमाथि हस्तक्षेप गर्ने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सञ्चारगृहको सुरक्षामा आवश्यक संवेदनशीलता अपनाउन पनि आग्रह गरेको छ ।
काठमाडौँ: काठमाडौंका तीन सञ्चारगृहको कार्यालय प्रवेशद्वारमै शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध पुर्याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा सोमबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा गाडी पार्किङ गरी पत्रकारको आवतजावतमा समस्या सिर्जना गरिएको उल्लेख गरिएको छ । महासंघले यस्तो कार्यले सञ्चारमाध्यमको नियमित कामकाजमा अवरोध र पत्रकारमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ ।
महासंघले सञ्चारमाध्यम र पत्रकारको संवैधानिक तथा पेशागत अधिकारमाथि हस्तक्षेप गर्ने यस घटनालाई निन्दनीय र रहस्यमय भन्दै तत्काल निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। साथै, सञ्चारगृहको सुरक्षामा आवश्यक संवेदनशीलता अपनाउन पनि आग्रह गरेको छ ।
महासंघकी अध्यक्ष निर्मला शर्मासहितको टोलीले अनलाइनखबरलगायत प्रभावित सञ्चारगृहमा पुगेर घटनास्थलको निरीक्षण गरेको थियो । अध्यक्ष शर्माले घटना शंकास्पद र नियोजित प्रकृतिको देखिएको बताउँदै पत्रकार र सञ्चारगृहको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गरिन् ।
उक्त घटनापछि तीनवटै सञ्चारगृहमा प्रहरी पुगेर गाडीधनीको खोजी सुरु गरेको छ । यद्यपि गाडी कसले र किन पार्किङ गरेको हो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
गगनको नेतृत्वमा महाधिवेशन गर्न सर्वोच्चले खोल्यो बाटो, देउवा समूहको रिटमा अन्तरिम आदेश भएन
-
भोटेकोशी बाढी: ४१ पुल बगायो, रसुवामा मात्र ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त
-
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय
-
रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
-
बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।