प्रधानमन्त्री निरंकुश बनेको आरोप लगाउदै निश्कल राईले भने- 'श्री ८ वालेन्द्र शाह'
३० आषाढ़, २०८३, मगलवार
- मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह निरंकुश शैलीमा अघि बढेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद राईले प्रधानमन्त्री शाहलाई श्री ८ भनेर सम्बोधन गर्दै निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका हुन् ।
उनले गणेश नेपालीको मृत्यु भएको घटनामा मिडिया र विपक्षी दलले प्रश्न गरेपछि गाडी तेर्साएर सरकारले अलोकतान्त्रिक र राज्य आतंकको सिर्जना गरेको आरोप लगाए ।
सांसद राईले गत भदौमा सडकमा आएर सोहि आन्दोलनको बलमा बनेको अहिलेको सरकारले त्यहि जेनजीहरुले सरकारको लाठ्ठी खाइरहेको बताउदै जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो आज त्यहि युवालाई प्रश्न गर्नबाट बञ्चित गरिएको बताए ।
साथै सांसद राईले सरकारको सत्ता उन्माद चलिरहदा विवकेशिल अभियान, जेनजी मुभमेन्ट, अभिव्यक्ति र नागरिक स्वतन्त्रताका लागि लडेर आएका सत्ता पक्षमा सांसदहरुको मुखमा टेप लागेको समेत उनको आरोप छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।