नयाँ राहदानी प्रणाली सञ्चालनमा, अत्यावश्यक परे मात्र आवेदन दिन विभागको आग्रह
२९ आषाढ़, २०८३, सोमवार
- यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन पनि विभागले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।
काठमाडौँ: राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो तथ्याङ्क स्थानान्तरण (डेटा माइग्रेसन) सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले सोमबारदेखि करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरी सेवा सुरु गरिएको जानकारी दिएको हो ।
विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या, प्रणाली सुस्त चल्ने अवस्था तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक भएको भन्दै यी समस्यालाई समाधान गर्न विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएको जनाएको छ ।
विभागले देखिएका समस्या छिटो समाधान गर्दै दीर्घकालीन रूपमा प्रणालीलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ । नयाँ प्रणाली स्थिर र प्रभावकारी बनाउन सुरुआती चरणमा राहदानी अत्यावश्यक परेका सेवाग्राहीले मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । यसबाट प्रणालीमा पर्ने चाप कम भई सेवा थप व्यवस्थित हुने विभागको विश्वास छ ।
यस्तै, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन पनि विभागले सबै सेवाग्राहीलाई आग्रह गरेको छ ।
विभागले नागरिकको विश्वास, धैर्यता र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चुस्त, छरितो र विश्वसनीय राहदानी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाउने सरकारको निर्णय
-
रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार
-
बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
-
बाढीपछिको उद्धार र राहतबारे प्रधानमन्त्री शाहको आपत्कालीन छलफल
-
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि गगनलाई महाधिवेशन गर्ने बाटो खुल्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।