कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ अषाढ़ २८ आइतवार
सारांश
  • हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदुरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

काठमाण्डौ, २८ अषाढ़ । जल तथा मौसम विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू-भाग नजिक रहेको जानकारी दिएको छ ।

 

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केहि स्थानमा तथा सुदुरपश्चिमको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

 

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश सहित कोशी, बागमती, गण्डकी,  लुम्बिनी प्रदेशको पहाडी  र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

 

त्यस्तै आज राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका घेरै र बाँकी हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई  भू-भागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई  भू-भागका थोरै मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा  तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अर्बपतिहरूको सन्तान मोह

सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।

थप समाचार