दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया, दीपकराज गिरीले के भने ?
२८ आषाढ़, २०८३, आइतवार
- निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
काठमाडौं: अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो ।
हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।
उनले भनेका छन्- 'यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो ! सुटिगंको बिचमा दीपाजी लाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नुपर्ने भयो ! भारत जाने सल्लाह पाइयो । तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्तद्दारा शल्यक्रिया गर्ने निर्णय भयो ! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो । हाल उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भूमि व्यवस्था मन्त्रालयको सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
-
एमालेको स्थायी कमिटी बैठकले के के निर्णय गर्यो ?
-
रोनाल्डोमाथि अनुशासनात्मक कारबाही हुने, राष्ट्रिय टिमबाट अस्थायी रूपमा निलम्बित
-
नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्प असन्तुष्ट, के के भने ?
-
टेलिकमले ल्यायो दसैँ–तिहार अफर
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।