भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८११ पुग्यो

२५ आषाढ़, २०८३, बिहिवार
सारांश
  • त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन आग्रह गरेकी छन् । उनका अनुसार विदेशमा रोकिएका भेनेजुएलाका सम्पत्ति र आर्थिक स्रोत खुला गरिए पुनर्निर्माण, रोजगारी सिर्जना तथा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ ।

काठमाडौँ: भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८११ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पबाट ३८११ को ज्यान गएको जानकारी दिदै भूकम्पमा १६ हजार ७४० जना घाइते भएका छन् भने १७ हजार ९०७ जना विस्थापित भएका छन् ।

 

त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन आग्रह गरेकी छन् । उनका अनुसार विदेशमा रोकिएका भेनेजुएलाका सम्पत्ति र आर्थिक स्रोत खुला गरिए पुनर्निर्माण, रोजगारी सिर्जना तथा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ ।

 

डेल्सी रोड्रिगेजले बेलायतका राजा चार्ल्सलाई पत्र लेख्दै बैङ्क अफ इङ्गल्यान्डमा रहेको भेनेजुएलाको सुन फुकुवा गरिदिन अनुरोध गरेकी छन् । उनले यस विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखसँग पनि छलफल भएको जानकारी दिएकी छन् । बैङ्क अफ इङ्गल्यान्डमा भेनेजुएलाको करिब ३१ टन सुन राखिएको छ । उक्त सुन फिर्ता गर्ने विषयमा लामो समयदेखि बेलायती अदालतमा कानुनी विवाद चलिरहेको छ । पछिल्ला दुई दशकमा अमेरिका, युरोपेली सङ्घ तथा अन्य केही देशहरूले भेनेजुएलामाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । यद्यपि, भूकम्पपछि अमेरिकाले मानवीय सहायता र पुनःस्थापना कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले राहतसँग सम्बन्धित केही आर्थिक कारोबारका लागि चार महिनाको सीमित छुट दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार