अपाङ्गता परिचयपत्रको विवरण सच्याएर भत्ता बाड्ने तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२५ आषाढ़, २०८३, बिहिवार
- स्वास्थ्य परीक्षण प्रतिवेदन र अपाङ्गता समन्वय समितिको निर्णयअनुसार महेन्द्र राउत कुर्मी ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र पाउने योग्य भए पनि अभिलेखमा केरमेट गरी ‘क’ वर्गमा परिवर्तन गरिएको आयोगको आरोप छ ।
काठमाडौं: पर्साको पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएर सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले यस प्रकरणमा एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ । आयोगका अनुसार पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी संजय कुमार पाण्डेय, अपाङ्ग शाखाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र स्थानीय महेन्द्र राउत कुर्मीको मिलेमतोमा अपाङ्गता परिचयपत्रको सरकारी अभिलेखमा रहेको विवरण बदनियतपूर्वक सच्याइएको थियो ।
स्वास्थ्य परीक्षण प्रतिवेदन र अपाङ्गता समन्वय समितिको निर्णयअनुसार महेन्द्र राउत कुर्मी ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र पाउने योग्य भए पनि अभिलेखमा केरमेट गरी ‘क’ वर्गमा परिवर्तन गरिएको आयोगको आरोप छ ।
यसरी परिचयपत्रको वर्ग परिवर्तन गरेपछि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था मिलाई महेन्द्र राउत कुर्मीलाई कुल एक लाख ९१ हजार ५२० रुपैयाँ बराबरको लाभ दिलाइएको आयोगले जनाएको छ। सरकारी अभिलेखमा झुटो विवरण तयार गरी प्रमाणित गरिएको अनुसन्धानबाट पुष्टि भएको आयोगको निष्कर्ष छ।
अख्तियारले संजय कुमार पाण्डेय र अम्बिका महतो खुलवटविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत भ्रष्टाचार, सरकारी कागजातमा हेरफेर तथा झुटो लिखत तयार गरेको कसुरमा बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ । यस्तै, महेन्द्र राउत कुर्मीलाई उक्त कसुरमा मतियार बनेको आरोपमा मुख्य कसुरदारसरह सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।