बहराइन र कुवेतका अमेरिकी सैन्य अड्डामा इरानको ड्रोन आक्रमण

२४ आषाढ़, २०८३, बुधवार
सारांश
  • बढ्दो तनावका बीच बहराइन र कुवेतमा बुधबार हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको छ । बहराइनको गृह मन्त्रालयले नागरिकलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने कुवेतले पनि देशभर साइरन सक्रिय गरिएको जनाएको छ ।

काठमाडौँ: इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको दाबी गरेको छ । इरानी सेनाले दक्षिणी इरानमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप बहराइनको शेख ईसा हवाई अड्डामा तैनाथ अमेरिकी सैनिकलाई निशाना बनाइएको जनाएको छ ।

 

इरानी सेनाले विज्ञप्ति जारी गर्दै अमेरिका बारम्बार युद्धविराम उल्लंघन गरिरहेको आरोप लगाएको छ । साथै अब मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा आफ्ना सैन्य ड्रोनको निशानामा रहेको चेतावनी पनि दिएको छ ।

 

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका ८५ अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोनमार्फत संयुक्त आक्रमण सञ्चालन गरेको दाबी गरेको छ । आईआरजीसीका अनुसार बहरेनस्थित अमेरिकी पाँचौँ जलसेना मुख्यालय र कुवेतको अली अल–सलेम हवाई अड्डा पनि आक्रमणको निशानामा परेका छन् ।

 

बढ्दो तनावका बीच बहराइन र कुवेतमा बुधबार हवाई हमलाको चेतावनी दिने साइरन बजाइएको छ । बहराइनको गृह मन्त्रालयले नागरिकलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको छ भने कुवेतले पनि देशभर साइरन सक्रिय गरिएको जनाएको छ ।

 

यद्यपि, बहराइन, कुवेत वा अमेरिकाले हालसम्म कुनै आक्रमण भएको वा क्षति पुगेको आधिकारिक पुष्टि गरेका छैनन्। इरानका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार