भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा सम्झौता, युरेनियम आपूर्तिको बाटो खुल्यो
२५ आषाढ़, २०८३, बिहिवार
- संयुक्त वक्तव्यमा दुवै देशले आतंकवाद सम्पूर्ण मानवताका लागि साझा चुनौती भएको उल्लेख गर्दै त्यसविरुद्धको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, अन्तर्राष्ट्रिय द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा पनि दुवै पक्ष सहमत भएका छन् ।
काठमाडौँ: भारत र अस्ट्रेलियाबीच परमाणु ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अस्ट्रेलिया भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि अस्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्तिको बाटो खुलेको हो ।
अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँगको भेटवार्ता तथा संयुक्त पत्रकार सम्मेलनमा मोदीले सन् २०२२ मा भएको आर्थिक सहयोग तथा व्यापार सम्झौतापछि दुई देशबीचको व्यापार उल्लेखनीय रूपमा विस्तार भएको बताए । उनले परमाणु ऊर्जा क्षेत्रमा भएको नयाँ सम्झौताले अस्ट्रेलियाबाट भारतमा युरेनियम आपूर्ति सम्भव हुने र यसले भारतको स्वच्छ ऊर्जा अभियानलाई थप बल पुग्ने उल्लेख गरे ।
मोदीले भारत र अस्ट्रेलियाले नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा कृत्रिम बौद्धिकता, महत्वपूर्ण खनिज, पूर्वाधार, स्वच्छ ऊर्जा, उड्डयन, खाद्य प्रशोधन, डिजिटल अर्थतन्त्र र वित्तीय प्रविधिजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति जनाएको जानकारी दिए । उनका अनुसार दुवै देशले महत्वपूर्ण खनिज आपूर्ति सञ्जाल विकास गर्न पनि संयुक्त रूपमा काम गर्नेछन् ।
भ्रमणका क्रममा मोदीले भारत-अस्ट्रेलिया प्रमुख कार्यकारी अधिकृत मञ्चलाई सम्बोधन गर्दै अस्ट्रेलियाली लगानीकर्तालाई भारतमा लगानी बढाउन आह्वान गरेका थिए। उनले भारतको विशाल बजार र अस्ट्रेलियाको प्राविधिक दक्षताले दुवै देशलाई लाभ पुग्ने बताए ।
यसैबीच अस्ट्रेलियाको सबैभन्दा ठूलो निवृत्तिभरण कोष अस्ट्रेलियनसुपरले भारतको राष्ट्रिय लगानी तथा पूर्वाधार कोषमा ५० करोड अस्ट्रेलियाली डलर लगानी गर्ने घोषणा गरेको छ । मोदीले उक्त निर्णयको स्वागत गर्दै यसले दुई देशबीचको आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
दुवै प्रधानमन्त्रीले रक्षा सहकार्यलाई पनि नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन् । रक्षा नवप्रवर्तन मार्ग, जहाज निर्माण तथा मर्मत, हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्य र सामुद्रिक स्वतन्त्रता प्रवर्द्धनमा संयुक्त रूपमा काम गर्ने सहमति भएको जनाइएको छ ।
संयुक्त वक्तव्यमा दुवै देशले आतंकवाद सम्पूर्ण मानवताका लागि साझा चुनौती भएको उल्लेख गर्दै त्यसविरुद्धको सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, अन्तर्राष्ट्रिय द्वन्द्वको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा पनि दुवै पक्ष सहमत भएका छन् ।
मोदीले भारत-अस्ट्रेलिया सम्बन्धको सबैभन्दा बलियो आधार जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै शिक्षा, विद्यार्थी आदान–प्रदान र अनुसन्धान सहकार्यलाई समेत विस्तार गरिने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा छ- शिक्षामन्त्री पोखरेल
-
थाइल्यान्डबाट ल्याएको ८ किलो गाँजासहित म्यान्मारका दुई नागरिक पक्राउ
-
३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
-
कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड
-
साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।