धान प्रशोधन उद्योग अनुदानमा हिनामिना, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२५ आषाढ़, २०८३, बिहिवार
- आयोगले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा अन्य प्रतिवादीहरूमाथि सोही ऐनको दफा २२ अनुसार कसुर कायम गरी जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो, सो बराबर जरिवाना, कैद सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
काठमाडौं: सिरहाको विष्णुपुर गाउँपालिका-१ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत स्थापना गर्न लागिएको विष्णुपुर धान प्रशोधन उद्योगको अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले नेपाल सरकारबाट उपलब्ध गराइएको ४९ लाख २० हजार दुरुपयोग भएको निष्कर्ष निकाल्दै सम्बन्धित पदाधिकारी तथा उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि संघीय सरकारले ५० लाख सशर्त अनुदान उपलब्ध गराएको थियो । तर सार्वजनिक खरिद नियमावली विपरीत एक करोड ११ लाख २ हजारको लागत अनुमान स्वीकृत गरी सम्झौता गरिएको, सहकारीले व्यहोर्नुपर्ने ५० प्रतिशत लागत साझेदारी सुनिश्चित नगरी सरकारी अनुदानको रकम उपभोक्ता समितिलाई भुक्तानी गरिएको तथा योजना अपूर्ण, जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
यस प्रकरणमा विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत, तत्कालीन इन्जिनियर तथा योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, साना किसान कृषि सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, सञ्चालक समिति सदस्य राजेश्वर प्रसाद सिंह तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार यादव, कोषाध्यक्ष कविता कुमारी र सचिव राम वावु यादवलाई प्रतिवादी बनाइएको छ ।
आयोगले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा अन्य प्रतिवादीहरूमाथि सोही ऐनको दफा २२ अनुसार कसुर कायम गरी जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो, सो बराबर जरिवाना, कैद सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा छ- शिक्षामन्त्री पोखरेल
-
थाइल्यान्डबाट ल्याएको ८ किलो गाँजासहित म्यान्मारका दुई नागरिक पक्राउ
-
३५ बर्षको हिसाब माग्ने होइन, आउदो ३५ बर्षको योजना बनाउनुस्- रवि लामिछाने
-
कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपर्छ- प्रचण्ड
-
साउनमा वैदेशिक व्यापारमा सुधार, निर्यात ६१ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।