सरकारको खुट्टा भुइमा छैन, उम्लिएको दुध जस्तो छ- ओली

२५ आषाढ़, २०८३, बिहिवार
सारांश
  • सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन ।'

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको बारेमा टिप्पणी गर्दै सरकार होस हवासमा नरहेको बताएका छन् ।

 

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ हिडिरहेको टिप्पणी गर्दै लोकतन्त्र संकटमा परेको टिप्पणी गरेका हुन् ।

 

ओलीले सुकुम्बासी बस्तीमा डोजर चलाइएको, बालबालिका रोएको तथा विस्थापनका तस्बिरहरू सञ्चारमाध्यममै देखिएको भन्दै सरकारको कार्यशैली अधिनायकवादी भएको बताए ।

 

सरकारले कसैको कुरा नसुन्ने बताउदै देशमा कतैपनि खुशी हुने ठाउ नभएको टिप्पणी गरे । उनले भने- 'नेपालमा अहिले खुसी हुनका लागि त अन्तर्राष्ट्रिय फुटबल गेम चलिराखेको छ, राति अबेरसम्म त्यो हेरेर बस्नुपर्छ । एकछिन खुसी हुने हो, नत्र खुसी हुने कतै ठाउँ छैन ।'

 

ओलीले उम्लिएको दूध जस्तो सरकारको व्यबहार रहेको बताउदै सरकारको खुट्टा भुइमा नरहेको बताए । उनले भने- ‘अहिले यो सरकार कहाँ ठेगानमा छ ? यसका खुट्टा कहाँ भुइँमा छन् ? उम्लिएका छन् । दूध भाँडाको पिँधमा छैन, भाँडा भरि भएको छ, थोरै भए पनि उम्लिएको छ ।'

 

देशको अवस्था राम्रो नभएको बताउदै ओलीले त्यो काम एमालेले गर्ने बताए । ओलीले पार्टीको अवस्था प्रति धारणा राख्दै एमाले समाप्त नभएको र अगाडी बढ्ने र सफल हुने दाबि गरे ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार