इरानसँगको युद्धविराम समझदारी समाप्त भएको ट्रम्पको घोषणा
२४ आषाढ़, २०८३, बुधवार
- ट्रम्पका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम समाप्त गर्नु रहेको र उत्तर एटलान्टिक सन्धि संगठनप्रति असन्तुष्टि जनाउँदै इरानविरुद्धको कारबाहीमा अमेरिकालाई पर्याप्त साथ नदिएको आरोप लगाए ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविरामसम्बन्धी समझदारी अब समाप्त भइसकेको भन्दै अब तेहरानसँग कुनै नयाँ सम्झौता नगर्ने बताएका छन् ।
उत्तर एटलान्टिक सन्धि संगठन- नाटोको शिखर सम्मेलनका क्रममा ट्रम्पले अमेरिकाले अघिल्लो रात इरानमा शक्तिशाली हवाई आक्रमण गरेको दाबी गर्दै खतरनाक लक्ष्यहरूलाई निशाना बनाइएको बताए । उनले इरानले फेरि आक्रमण गरे अमेरिका त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी पनि दिए ।
ट्रम्पका अनुसार अमेरिकाको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम समाप्त गर्नु रहेको र उत्तर एटलान्टिक सन्धि संगठनप्रति असन्तुष्टि जनाउँदै इरानविरुद्धको कारबाहीमा अमेरिकालाई पर्याप्त साथ नदिएको आरोप लगाए ।
यसअघि अमेरिकी केन्द्रीय सैन्य कमान्डले इरानका ८० भन्दा बढी सैन्य ठेगानामा हवाई आक्रमण गरिएको जनाएको थियो । अमेरिकाले होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएका आक्रमणको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको छ ।
ट्रम्पले होर्मुज जलडमरूमध्यमा भएका आक्रमणपछि इरानले युद्धविरामका सर्त उल्लङ्घन गरेकाले त्यससम्बन्धी समझदारी अब प्रभावहीन भएको बताएका छ न्।
अमेरिकी सेनाका अनुसार आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली, सैन्य कमान्ड केन्द्र, तटीय रडार, जहाजविरोधी क्षेप्यास्त्र प्रणाली, मानवरहित विमान प्रक्षेपण स्थल तथा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका ६० भन्दा बढी सैन्य जलयानलाई निशाना बनाइएको थियो। सिरिक, केश्म र बन्दर अब्बास क्षेत्र मुख्य आक्रमणको केन्द्र रहेका अमेरिकी पक्षको दाबी छ ।
यद्यपि इरानले अमेरिकी दाबीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । साथै, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।