भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८११ पुग्यो
२५ आषाढ़, २०८३, बिहिवार
- त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन आग्रह गरेकी छन् । उनका अनुसार विदेशमा रोकिएका भेनेजुएलाका सम्पत्ति र आर्थिक स्रोत खुला गरिए पुनर्निर्माण, रोजगारी सिर्जना तथा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ ।
काठमाडौँ: भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ८११ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले भूकम्पबाट ३८११ को ज्यान गएको जानकारी दिदै भूकम्पमा १६ हजार ७४० जना घाइते भएका छन् भने १७ हजार ९०७ जना विस्थापित भएका छन् ।
त्यस्तै अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि पुनः अन्तर्राष्ट्रिय समुदायसँग भेनेजुएलामाथि लगाइएका प्रतिबन्धहरू खुकुलो बनाउन आग्रह गरेकी छन् । उनका अनुसार विदेशमा रोकिएका भेनेजुएलाका सम्पत्ति र आर्थिक स्रोत खुला गरिए पुनर्निर्माण, रोजगारी सिर्जना तथा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सहज हुनेछ ।
डेल्सी रोड्रिगेजले बेलायतका राजा चार्ल्सलाई पत्र लेख्दै बैङ्क अफ इङ्गल्यान्डमा रहेको भेनेजुएलाको सुन फुकुवा गरिदिन अनुरोध गरेकी छन् । उनले यस विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुखसँग पनि छलफल भएको जानकारी दिएकी छन् । बैङ्क अफ इङ्गल्यान्डमा भेनेजुएलाको करिब ३१ टन सुन राखिएको छ । उक्त सुन फिर्ता गर्ने विषयमा लामो समयदेखि बेलायती अदालतमा कानुनी विवाद चलिरहेको छ । पछिल्ला दुई दशकमा अमेरिका, युरोपेली सङ्घ तथा अन्य केही देशहरूले भेनेजुएलामाथि विभिन्न आर्थिक प्रतिबन्ध लगाएका छन् । यद्यपि, भूकम्पपछि अमेरिकाले मानवीय सहायता र पुनःस्थापना कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले राहतसँग सम्बन्धित केही आर्थिक कारोबारका लागि चार महिनाको सीमित छुट दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।