म्याग्दीको फेदीखोला सडकखण्डमा दुई जीप दुर्घटना, ९ जना घाइते
२३ आषाढ़, २०८३, मगलवार
- मंगलबार करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो ।
म्याग्दी: म्याग्दीको धौलागिरी गाउँपालिका-७ फेदीखोला स्थित सडकखण्डमा दुई वटा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
मंगलबार करिब ३ बजे ताकमबाट दरबाङतर्फ आउँदै गरेको बा ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा पल्टिएर अगाडिबाट आउँदै गरेको ग३च ३३१४ नम्बरको यात्रुबाहक बोलेरो जिपमाथि खस्दा दुर्घटना भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली खटिई घाइतेहरूको उद्धार गरी उपचारका लागि दरबाङ आधारभूत अस्पताल, दरबाङ पठाइएको छ ।
दुवै जिपमा गरी १० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन् भने ९ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।