- विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ: यस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुन फैलिएको हो ।
विभागका अनुसार नेपालमा यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको थियो । हाल मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले देशका बाँकी भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । महाशाखाले अवस्थाअनुसार नियमित रूपमा अद्यावधिक जानकारी सार्वजनिक गर्ने पनि बताएको छ ।
महाशाखाले सर्वसाधारणलाई नियमित रूपमा तीन दिने मौसम बुलेटिन हेर्न र अद्यावधिक मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।