ओमानको तट नजिक भारतको अर्को तेल जहाजमा आक्रमण

२८ जेठ, २०८३, बिहिवार
सारांश
  • यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको पुष्टि भएको छ । केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका अनुसार हालसम्म दुई जनाको शव भेटिएको छ ।

काठमाडौँ: ओमानको तट नजिक बिहीबार भारतीय चालक दल रहेको तेल जहाज एमटी जलवीरमा आक्रमण भएको छ । आक्रमणपछि जहाजमा आगलागी भएको छ । आक्रमण कसले गर्‍यो भन्ने स्पष्ट भएको छैन ।

 

घटनापछि भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।

 

यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको पुष्टि भएको छ । केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका अनुसार हालसम्म दुई जनाको शव भेटिएको छ ।

 

अमेरिकी पक्षले उक्त जहाज इरानी तेल बोकेर गइरहेको र चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरेको थियो ।

 

यो साता भारतीय चालक दल रहेका जहाजमा भएको यो दोस्रो आक्रमण हो । यसअघि सोमबार 'एमटी मेरीभेक्स' नामको तेल ट्याङ्करमा पनि आक्रमण भएको थियो । उक्त जहाजमा २४ जना भारतीयसहित २८ जना चालक दल रहेका थिए । सबैलाई ओमानका सुरक्षाकर्मीले सुरक्षित उद्धार गरेका थिए ।

 

पछिल्ला तीन दिनमा भारतीय चालक दल भएका दुई तेल ट्याङ्करमा आक्रमण भएको हो । पहिलो घटना ८ जुनमा 'एमटी मेरीभेक्स' मा भएको थियो भने दोस्रो १० जुनमा 'एमटी सेत्तेबेल्लो' मा भएको हो । यस विषयमा भारतको परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षसँग कडा विरोध जनाइसकेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार