- यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको पुष्टि भएको छ । केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका अनुसार हालसम्म दुई जनाको शव भेटिएको छ ।
काठमाडौँ: ओमानको तट नजिक बिहीबार भारतीय चालक दल रहेको तेल जहाज एमटी जलवीरमा आक्रमण भएको छ । आक्रमणपछि जहाजमा आगलागी भएको छ । आक्रमण कसले गर्यो भन्ने स्पष्ट भएको छैन ।
घटनापछि भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको पुष्टि भएको छ । केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका अनुसार हालसम्म दुई जनाको शव भेटिएको छ ।
अमेरिकी पक्षले उक्त जहाज इरानी तेल बोकेर गइरहेको र चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरेको थियो ।
यो साता भारतीय चालक दल रहेका जहाजमा भएको यो दोस्रो आक्रमण हो । यसअघि सोमबार 'एमटी मेरीभेक्स' नामको तेल ट्याङ्करमा पनि आक्रमण भएको थियो । उक्त जहाजमा २४ जना भारतीयसहित २८ जना चालक दल रहेका थिए । सबैलाई ओमानका सुरक्षाकर्मीले सुरक्षित उद्धार गरेका थिए ।
पछिल्ला तीन दिनमा भारतीय चालक दल भएका दुई तेल ट्याङ्करमा आक्रमण भएको हो । पहिलो घटना ८ जुनमा 'एमटी मेरीभेक्स' मा भएको थियो भने दोस्रो १० जुनमा 'एमटी सेत्तेबेल्लो' मा भएको हो । यस विषयमा भारतको परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षसँग कडा विरोध जनाइसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।