ककरोच जनता पार्टीले विश्वविद्यालय परिसरमा शिक्षामन्त्रीको राजीनामा माग्दै प्रदर्शन गर्ने
२७ जेठ, २०८३, बुधवार
- समूहका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रदर्शनको जानकारी दिएका हुन् । उनले वातावरण अभियन्ता सोनाम वांगचुक पनि उक्त कार्यक्रममा सहभागी हुने बताएका छन् ।
काठमाडौँ: भारतको ककरोच जनता पार्टीले केन्द्रीय शिक्षामन्त्रीको राजीनामा माग्दै अर्को चरणको प्रदर्शनको घोषणा गरेको छ । समूहले जुन ११ मा पुणे विश्वविद्यालय परिसरमा साँझ ४ बजेदेखि प्रदर्शन गर्ने जनाएको छ ।
यसअघि नै शिक्षामन्त्रीको राजीनामा माग गर्दै केन्द्र सरकारलाई एक साताको अल्टिमेटम दिएको उक्त समूहले अब आन्दोलनलाई विश्वविद्यालय परिसरमा विस्तार गर्ने तयारी गरेको हो ।
समूहका संस्थापक अभिजित दिपकेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै प्रदर्शनको जानकारी दिएका हुन् । उनले वातावरण अभियन्ता सोनाम वांगचुक पनि उक्त कार्यक्रममा सहभागी हुने बताएका छन् ।
आगामी प्रदर्शनका लागि संस्थापक दीपकेले आफ्नो गृह राज्य महाराष्ट्रलाई रोजेका छन् । ३० वर्षीय दीपके महाराष्ट्रको छत्रपति सम्भाजीनगर क्षेत्रका बासिन्दा हुन् । उनी पछिल्ला करिब दुई वर्षदेखि अमेरिकामा बस्दै आएका थिए र गत शनिबार पहिलो प्रदर्शनमा सहभागी हुन भारत फर्किएका थिए ।
यसअघि नयाँदिल्लीस्थित जन्तर मन्तरमा सामाजिक सञ्जालमार्फत गरिएको आह्वानपछि सयौँ व्यक्ति प्रदर्शनमा सहभागी भएका थिए । यद्यपि, समूहका सामाजिक सञ्जालमा रहेका दुई करोडभन्दा बढी अनुयायीको सङ्ख्याको तुलनामा प्रत्यक्ष सहभागिता निकै कम देखिएको थियो ।
ककरोच जनता पार्टीले शिक्षासम्बन्धी विभिन्न विषय उठाउँदै शिक्षामन्त्रीको राजीनामा माग गरिरहेको छ भने आगामी प्रदर्शनमा विद्यार्थी तथा नागरिकको सहभागिता बढाउने प्रयास गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’