विश्वकपमा आफ्नो टिमविरुद्ध नाराबाजी भएमा खेल छोड्ने इरानको चेतावनी
२८ जेठ, २०८३, बिहिवार
- यसैबीच, प्रतियोगिताअघि इरानी टिमले व्यवस्थापकीय समस्या पनि भोगिरहेको बताइएको छ । टिकट वितरण रद्द भएको, समर्थकहरूको यात्रा योजना प्रभावित भएको र भिसा तथा यात्रा सम्बन्धी कठिनाइ देखिएको बताइएको छ ।
काठमाडौं: इरानले फिफा विश्वकपका खेलका क्रममा आधिकारिक रूपमा स्वीकृत नभएका झण्डा प्रदर्शन भए वा राष्ट्रिय टिमविरुद्ध नारा लगाइए इरानी टिमले खेल नै रोक्न सक्ने चेतावनी दिएको छ । इरानका खेलकुदमन्त्री अहमद दुन्यामालीले यस्तो चेतावनी दिएका हुन् ।
इरान विश्वकपमा समूह ‘जी’ मा रहेको छ । उसले पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजील्याण्डसँग खेल्नेछ । जुन २१ मा सोही स्थानमा बेल्जियमसँग भिड्नेछ भने जुन २६ मा सियाटलमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।
इरानी सञ्चारमाध्यमका अनुसार मन्त्री दुन्यामालीले फिफालाई यसबारे जानकारी दिइसकेको बताउँदै यदि स्टेडियममा स्वीकृत नभएका झण्डा ल्याइए वा टोलीविरुद्ध नारा लगाइएमा खेल रोक्ने जिम्मा टिम व्यवस्थापनले लिने बताएका छन् । उनले इजिप्टविरुद्धको खेललाई लिएर कुनै पनि अवाञ्छित घटना नहुने आश्वासन प्राप्त भएको पनि बताएका छन् । यसअघि अप्रिलमा भ्यानकुभरमा फिफा कांग्रेस बाहिर प्रदर्शनकारीले इरानलाई विश्वकपबाट हटाउन माग गरिएको थियो । इजिप्टसँगको खेललाई लिएर एलजीबीटीक्यू सम्बन्धी गतिविधिबारे पनि विवाद उठेको थियो ।
यसैबीच, प्रतियोगिताअघि इरानी टिमले व्यवस्थापकीय समस्या पनि भोगिरहेको बताइएको छ । टिकट वितरण रद्द भएको, समर्थकहरूको यात्रा योजना प्रभावित भएको र भिसा तथा यात्रा सम्बन्धी कठिनाइ देखिएको बताइएको छ ।
अमेरिकी होमल्याण्ड सुरक्षा विभागले भने इरानी टिमलाई आफ्ना प्रत्येक खेलभन्दा एक दिनअघि मात्रै अमेरिका प्रवेश गर्न अनुमति दिइने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।