- इरानी सरकारी समाचार संस्थाका अनुसार इरानी सेनाले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको दाबी गरिएको छ । इरानी रिभोलुसनरी गार्डले दक्षिणी इरानमा अमेरिकी हेलिकप्टर दुर्घटनालाई बहाना बनाएर अमेरिका गरिएको आक्रमणको जवाफस्वरूप यो कारबाही भएको बताएको छ ।
काठमाडौँ: अमेरिकाले इरानका विभिन्न २० वटा स्थानलाई लक्षित गरी सैन्य आक्रमण गरेको दाबी गरिएको छ ।
अमेरिकी सञ्चार माध्यमका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले मंगलबार राति इरानका २० स्थानमा आक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकी केन्द्रीय कमाण्डले अहिलेका लागि आक्रमण रोकिएको जनाएको छ तर अवस्था अझै संवेदनशील र सक्रिय रहेको बताइएको छ ।
अधिकारीले इरानले जवाफी कारबाही गरेमा त्यसको प्रतिकार गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी पनि दिएका छन् ।
यसैबीच, इरानी रिभोलुसनरी गार्डले चेतावनी दिँदै अमेरिका पुनः आक्रमणमा उत्रिएमा क्षेत्रभर तोकिएका लक्ष्यहरूमा अझ व्यापक र कडा प्रतिकार गरिने जनाएको छ ।
इरानी सरकारी समाचार संस्थाका अनुसार इरानी सेनाले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको दाबी गरिएको छ । इरानी रिभोलुसनरी गार्डले दक्षिणी इरानमा अमेरिकी हेलिकप्टर दुर्घटनालाई बहाना बनाएर अमेरिका गरिएको आक्रमणको जवाफस्वरूप यो कारबाही भएको बताएको छ ।
यता, चीनले अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी, बहराइनको रक्षा बलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका मिसाइल तथा ड्रोन आक्रमणलाई सफलतापूर्वक रोक्दै नष्ट गरेको जनाएको छ । बहराइनले इरानमाथि नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाउँदै आफ्नो सेना पूर्ण रूपमा सतर्क अवस्थामा रहेको बताएको छ । सेनाले नागरिकलाई सम्भावित जोखिमयुक्त वस्तु वा भग्नावशेष नजिक नजान र तुरुन्त अधिकारीलाई जानकारी दिन आग्रह गरेको छ । बहराइनले नागरिक तथा निजी सम्पत्तिमाथि गरिएको मिसाइल र ड्रोन आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुने पनि स्पष्ट पारेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल नुवाकोटमा
-
चिलिमे हाइड्रोको सुरुङमा जारी उद्धार बारे सांसद सागर ढकालले के भने ?
-
भदौ २३ घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न गगन थापाको माग
-
जेनजीका शहीद र घाइतेको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : मन्त्री गौतम
-
चीनको वैदेशिक व्यापारमा उच्च वृद्धि, आठ महिनामा १७.६ प्रतिशतले बढ्यो
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।