इरानले अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरेको दाबी
२८ जेठ, २०८३, बिहिवार
- इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ ।
काठमाडौँ: इरानको इस्लामिक रिभोलुसनरी गार्डले आफ्नो एयरोस्पेस बल र नौसैनिक युद्धक विमानहरूले अमेरिकी सेनाको उक्साहटपूर्ण गतिविधिको जवाफस्वरूप कारबाही गरेको दाबी गरेको छ ।
इरानले कुवेतस्थित अली अल सलेम र अहमद अल जाबेर तथा बहराइनस्थित शेख इसा हवाई अड्डासहित अमेरिकाका १८ महत्वपूर्ण सैन्य अड्डामाथि आक्रमण गरी ध्वस्त पारिएको दाबी गरिएको छ ।
यद्यपि इरानको उक्त दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । यसबीच कुवेती सेनाको प्रधान कार्यालयले आफ्नो वायु प्रतिरक्षा प्रणालीले शत्रुपक्षका हवाई लक्ष्यहरूलाई अवरोध गरिरहेको जनाएको छ । कुवेती सेनाले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा नागरिकहरूलाई सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन र मार्गनिर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
साथै सेनाले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ । इरानी आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमालेसँग एकताको सम्भावना छैन- प्रचण्ड
-
भिटामिन ए तथा जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते सञ्चालन हुने
-
राष्ट्रिय जागरण अभियानमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीको अपिल
-
इटलीमा महँगीविरुद्ध देशव्यापी प्रदर्शन, प्रमुख सहरमा हजारौँ सुरक्षाकर्मी परिचालन
-
जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।