होर्मुज नजिकै भारतीय तेल ट्यांकरमा अमेरिकी आक्रमण, दुई जनाको मृत्यु
२८ जेठ, २०८३, बिहिवार
- यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिक रहेको जानकारी अमेरिकी पक्षलाई रहेको दाबी गरेका छन् । उनले जहाजले कुनै निर्देशन पालना नगरेको भए नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै आक्रमण गरिएको बताएका छन् ।
काठमाडौँ: होर्मुज जलडमरूमध्य नजिकै तेल ट्यांकर ‘एमटी सेत्तेबेल्लो’ माथि भएको अमेरिकी आक्रमणमा दुई भारतीय नाविकको मृत्यु भएको छ भने जहाजका प्रमुख इन्जिनियर अझै बेपत्ता रहेको बताइएको छ।
भारतीय नाविकहरूको संगठन फर्वार्ड सीमेन युनियन अफ इन्डियाका महासचिव मनोज यादवले जहाजसँग सम्पर्क स्थापित हुन नसकेको जानकारी दिएका छन् । उनका अनुसार प्राप्त विवरणअनुसार दुई भारतीय नाविकको मृत्यु भइसकेको छ भने जहाजका प्रमुख इन्जिनियर एक भारतीय नागरिक अझै सम्पर्कविहीन छन् ।
मृत्यु हुनेमा डेक क्याडेट आदित्य शर्मा र इन्जिन फिटर शिवानन्द चौरसियाको पहिचान भएको छ । प्रमुख इन्जिनियर पटनाला सुरेशको खोजी कार्य जारी रहेको जनाइएको छ ।
यादवले अमेरिकी नौसेनाको भूमिकामाथि प्रश्न उठाउँदै जहाजमा भारतीयसहित अन्य विदेशी नागरिक रहेको जानकारी अमेरिकी पक्षलाई रहेको दाबी गरेका छन् । उनले जहाजले कुनै निर्देशन पालना नगरेको भए नियन्त्रणमा लिन सकिने विकल्प हुँदाहुँदै आक्रमण गरिएको बताएका छन् ।
यसअघि भारतको विदेश मन्त्रालयले ओमानको तट नजिक भएको उक्त आक्रमणको निन्दा गरेको थियो । मन्त्रालयका अनुसार जहाजमा रहेका २४ भारतीयमध्ये २१ जनालाई सकुशल उद्धार गरिएको छ भने तीन जना बेपत्ता रहेको जानकारी प्राप्त भएको थियो ।
भारतीय दूतावासले ओमानी अधिकारीहरूसँग समन्वय गर्दै खोज तथा उद्धार अभियानको निगरानी गरिरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन पदाधिकारी नियुक्त
-
बाढी प्रभावित विद्यार्थीलाई मनोसामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
-
भोटेकोशीको बाढी विश्वमै असामान्य विपत्ति- प्राध्यापक डिक्स
-
‘निस्सा पाएपछि आधाभन्दा बढी जितिसक्यौँ’ : शेरबहादुर देउवा
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रकरणको रिट खारेज
धेरै पढिएको
-
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
विशेष
यस्तो छ आईफोनको दुई दशक लामो यात्रा
सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।