गएरातीको आक्रमणमा अमेरिकाको इरानका २० स्थानमा लक्षित

२७ जेठ, २०८३, बुधवार
सारांश
  • इरानी सरकारी समाचार संस्थाका अनुसार इरानी सेनाले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको दाबी गरिएको छ । इरानी रिभोलुसनरी गार्डले दक्षिणी इरानमा अमेरिकी हेलिकप्टर दुर्घटनालाई बहाना बनाएर अमेरिका गरिएको आक्रमणको जवाफस्वरूप यो कारबाही भएको बताएको छ ।

काठमाडौँ: अमेरिकाले इरानका विभिन्न २० वटा स्थानलाई लक्षित गरी सैन्य आक्रमण गरेको दाबी गरिएको छ ।

 

अमेरिकी सञ्चार माध्यमका अनुसार एक वरिष्ठ अमेरिकी अधिकारीले मंगलबार राति इरानका २० स्थानमा आक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार अमेरिकी केन्द्रीय कमाण्डले अहिलेका लागि आक्रमण रोकिएको जनाएको छ तर अवस्था अझै संवेदनशील र सक्रिय रहेको बताइएको छ ।

 

अधिकारीले इरानले जवाफी कारबाही गरेमा त्यसको प्रतिकार गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको चेतावनी पनि दिएका छन् ।

यसैबीच, इरानी रिभोलुसनरी गार्डले चेतावनी दिँदै अमेरिका पुनः आक्रमणमा उत्रिएमा क्षेत्रभर तोकिएका लक्ष्यहरूमा अझ व्यापक र कडा प्रतिकार गरिने जनाएको छ ।

 

इरानी सरकारी समाचार संस्थाका अनुसार इरानी सेनाले क्षेत्रभित्र रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी आक्रमण गरेको दाबी गरिएको छ । इरानी रिभोलुसनरी गार्डले दक्षिणी इरानमा अमेरिकी हेलिकप्टर दुर्घटनालाई बहाना बनाएर अमेरिका गरिएको आक्रमणको जवाफस्वरूप यो कारबाही भएको बताएको छ ।

 

यता, चीनले अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

 

त्यसैगरी, बहराइनको रक्षा बलले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानका मिसाइल तथा ड्रोन आक्रमणलाई सफलतापूर्वक रोक्दै नष्ट गरेको जनाएको छ । बहराइनले इरानमाथि नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाउँदै आफ्नो सेना पूर्ण रूपमा सतर्क अवस्थामा रहेको बताएको छ । सेनाले नागरिकलाई सम्भावित जोखिमयुक्त वस्तु वा भग्नावशेष नजिक नजान र तुरुन्त अधिकारीलाई जानकारी दिन आग्रह गरेको छ । बहराइनले नागरिक तथा निजी सम्पत्तिमाथि गरिएको मिसाइल र ड्रोन आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन हुने पनि स्पष्ट पारेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार