फिलिपिन्समा भूकम्पबाट मृत्यु हुनेको संख्या ४५ नाघ्यो, २१ सयभन्दा बढी पराकम्प
२७ जेठ, २०८३, बुधवार
- सरकारी विवरण अनुसार भूकम्पले तीन हजार एक सयभन्दा बढी घर, २९ सडक, ११ पुल र सयभन्दा बढी सरकारी भवनमा क्षति पुर्याएको छ । जनरल सान्तोसको अन्तर्राष्ट्रिय विमानस्थल पनि क्षतिग्रस्त भएको छ र अनिश्चितकालका लागि बन्द गरिएको छ । तर राहत सामग्री र सरकारी उडानहरूलाई भने अनुमति दिइएको छ ।
काठमाडौँ: फिलिपिन्समा आएको विनाशकारी भूकम्पपछि उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ । तर लगातार आइरहेका परकम्पका कारण उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको छ ।
फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्पपछि हालसम्म २१ सय भन्दा बढी परकम्प मापन गरिएका छन् । तीमध्ये केहीको तीव्रता ६.४ सम्म पुगेको बताइएको छ । निरन्तर आइरहेका परकम्पका कारण थप क्षति र जोखिम बढ्दै गएको अधिकारीहरूले जनाएका छन् ।
ताजा विवरण अनुसार भूकम्पमा परी कम्तीमा ४५ जनाको ज्यान गएको छ भने करिब ६३० जना घाइते भएका छन् । अझै १७ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।
भूकम्पको सबैभन्दा बढी प्रभाव जनरल सान्तोस सहर र आसपासका सराङ्गानी, दक्षिण कोटाबातो र दाभाओ अक्सिडेन्टल क्षेत्रमा परेको बताइएको छ ।
आज आंशिक रूपमा भत्किएको एक किराना भवनमा खोजी कार्यका क्रममा शक्तिशाली परकम्प आएको थियो । त्यसपछि उद्धारकर्मीहरू तुरुन्तै बाहिर निस्कन बाध्य भएका थिए । अधिकारीहरूका अनुसार भवनलाई सुरक्षित नगरी उद्धार कार्य पुनः सुरु गर्न नसकिने अवस्था छ । लगभग २५ हजार मानिस अहिले पनि विस्थापित भएर सरकारी राहत शिविरमा बसिरहेका छन् । धेरै मानिस मानसिक आघातका कारण घर फर्किन डराइरहेका छन् ।
सरकारी विवरण अनुसार भूकम्पले तीन हजार एक सयभन्दा बढी घर, २९ सडक, ११ पुल र सयभन्दा बढी सरकारी भवनमा क्षति पुर्याएको छ । जनरल सान्तोसको अन्तर्राष्ट्रिय विमानस्थल पनि क्षतिग्रस्त भएको छ र अनिश्चितकालका लागि बन्द गरिएको छ । तर राहत सामग्री र सरकारी उडानहरूलाई भने अनुमति दिइएको छ ।
यसैबीच, भूकम्पपछि समुद्री क्षेत्रमा पनि जोखिम देखिएको थियो । उठेका ठूलो छालका कारण केही मानिस बगाएको र केही अझै बेपत्ता रहेको बताइएको छ । तटरक्षक बलले केहीको उद्धार गरेको छ भने बाँकीको खोजी जारी छ ।
विशेषज्ञहरूका अनुसार यो भूकम्प कोटाबातो ट्रेन्च क्षेत्रमा भएको भूगर्भीय गतिविधिका कारण आएको हो र यो पछिल्ला दशकहरूमा फिलिपिन्समा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
-
अर्थमन्त्री डा. वाग्लेद्वारा भारत–नेपाल सहकार्यबाट समृद्धि हासिल गर्नेमा जोड
-
राष्ट्र बैंकले बन्द गर्यो अस्थायीरुपमा वेबसाइटसहितका सेवा
-
ताइवानमा शक्तिशाली आँधी: विद्यालय र कार्यालय बन्द, हजारौँ विस्थापित
-
रजनीकान्तको ‘जेलर २’ कीर्तिमानी कमाई
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’