भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद
२७ जेठ, २०८३, बुधवार
- भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।
खाँदबारी: संखुवासभामा प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मकालु गाउँपालिका–३ गढी बजारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरी चेकपोस्ट टोलीले चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।
भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको चौरीको पुच्छर, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि किमाथांका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फिलिपिन्समा प्रशिक्षणका क्रममा दुई विमान ठोक्किँदा चार पाइलटको मृत्यु
-
फ्रान्समा फेरि प्रदर्शन हुँदै, ७० हजार सुरक्षाकर्मी परिचालन
-
क्यालिफोर्नियामा अर्बपतिमाथि पाँच प्रतिशत सम्पत्ति कर लगाउने प्रस्तावमा मतदान हुने
-
नेपालद्वारा चीनको तिब्बतमा गएको भूकम्पबाट भएको नोक्सानप्रति दुःख व्यक्त
-
विश्व विकास सूचना दिवस आज मनाइँदै
धेरै पढिएको
विशेष
आस्था, इतिहास र संस्कृतिको संगम : हुति गाउँको अनौठो हरिण जात्रा हरिणजात्रा !
हिमालको काख, महाकालीको तट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको धार्मिक आस्थाको जगमा उभिएको एउटा अद्भुत सांस्कृतिक परम्परा हरिण जात्रा सुदुरको परिचय हो।