भन्सार छली गरी ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद

२७ जेठ, २०८३, बुधवार
सारांश
  • भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।

खाँदबारी: संखुवासभामा प्रहरीले भन्सार छली गरी अवैध रूपमा ल्याइँदै गरेको ३६८ थान चौरीको पुच्छर बरामद गरेको छ।

 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मकालु गाउँपालिका–३ गढी बजारमा इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट खटिएको प्रहरी चेकपोस्ट टोलीले चेकजाँचका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

 

भोटखोला गाउँपालिका–३ हुङगुङबाट खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त १२१७ नम्बरको ट्याक्टरलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार छली गरी ल्याइएको ३६८ थान चौरीको पुच्छर फेला परेको प्रहरीले जनाएको छ।

 

बरामद गरिएको चौरीको पुच्छर, ट्याक्टर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि किमाथांका भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार