- नेतन्याहूले आइतबार ईरानमाथि आक्रमण गर्ने अन्तिम निर्णयको योजना बारे ट्रम्पलाई अन्तिम चरणसम्म पूर्ण जानकारी नदिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
एजेन्सी, २६ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिँदै तनाव बढ्दै गए ईरानको विषयमा उनी एक्लै पर्ने अवस्था आउन सक्ने बताएका छन् ।
इजरायलको च्यानल बाह्रलाई दिएको अन्तर्वार्तामा ट्रम्पले नेतन्याहूलाई यस्तो चेतावनी दिएका हुन् । नेतन्याहूले आइतबार ईरानमाथि आक्रमण गर्ने अन्तिम निर्णयको योजना बारे ट्रम्पलाई अन्तिम चरणसम्म पूर्ण जानकारी नदिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
आइतबार ट्रम्पले नेतन्याहूलाई ईरानमाथि जवाफी आक्रमण नगर्न आग्रह गरेका थिए । यसअघि इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि ईरानले इसराइलमाथि प्रतिआक्रमण गरेको थियो । च्यानल बाह्रको विवरण अनुसार दुई नेताबीचको कुराकानी कुनै सहमतिबिना नै सकिएको थियो र नेतन्याहूले आफ्नो अन्तिम निर्णय ट्रम्पलाई स्पष्ट रूपमा जानकारी गराएका थिएनन् । पछि नेतन्याहूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई आफूले ईरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए । ट्रम्पले च्यानल बाह्रसँग कुरा गर्दै आफूले उक्त आक्रमणको 'परिमाण घटाउन' सफल भएको दाबी गरेका छन् । ट्रम्पले नेतन्याहूलाई ईरानसँग जारी तनावलाई पूर्ण युद्धमा बदलिन नदिन पनि चेतावनी दिएका थिए । उनले च्यानल बाह्रलाई भनेका छन्- 'मैले बीबीलाई भनेँ, तपाईंले के गरिरहनुभएको छ भन्ने कुरामा निकै सावधान हुनुपर्छ, किनकि धेरै छिट्टै यस्तो अवस्था आउन सक्छ कि तपाईं ईरानको सामु एक्लै पर्न सक्नुहुन्छ ।'
सोमबार बिहान इरान र इजरायलले एक अर्कामाथि मिसाइल आक्रमण गरेपनि अहिले भने दुवै पक्षले आक्रमण रोकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।