- एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
काठमाडौँ : एनआईसी एशिया बैंकले आफ्नो लगानी पोर्टफोलियो विविधिकरण गर्ने क्रममा जलविद्युत क्षेत्रमा लगानी विस्तार बढाएको छ ।
यसैक्रममा बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित, रसुवा जिल्लामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरेका छन् ।
नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यस जलविद्युत आयोजना दुई वर्षमा सम्पन्न गर्दै वार्षिक करिब ३८.७४ GWh विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस बैंकको नेतृत्वमा लगानी सुनिश्चित भएको यस जलविद्युत आयोजना निर्माण सम्पन्न पश्चात मुलुकमा स्वच्छ उर्जा उत्पादन भई मुलुकको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत विशेष टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
-
तुल्सी अधिकारीलाई इन्टर पोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याइयो
-
संसदलाई उत्तरदायी र मर्यादित बनाउन बर्षामान पुनको सुझाव
-
नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग
-
फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख लगानी सुनिश्चित
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।