मुकेस अम्बानीले लगातार छैटौं बर्ष लिएनन् पारिश्रमिक

१६ जेठ, २०८३, शनिवार
सारांश
  • प्रतिवेदन अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति करिब ८.८३ लाख करोड भारु बराबर रहेको छ । उता उनका परिवारका अन्य सदस्य र उच्च व्यवस्थापनको पारिश्रमिक पनि सार्वजनिक गरिएको छ । अनन्त अम्बानीले करिब १२ करोड १७ लाख पारिश्रमिक पाएका छन् ।

काठमाडौँ: भारतका सबैभन्दा ठूलो व्यापारिक समूह रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले लगातार छैटौँ वर्ष कम्पनीबाट कुनै तलब नलिएको विवरण सार्वजनिक भएको छ ।

 

कम्पनीको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२५–२६ मा अम्बानीको तलब, भत्ता तथा सेवानिवृत्ति सुविधा सबै शून्य रहेको छ । उनले सन् २०२० मा कोरोना महामारीपछि कम्पनीको अवस्था सामान्य नभएसम्म तलब नलिने निर्णय गरेका थिए । त्यसयता उनले २०२१–२२, २०२२–२३, २०२३–२४, २०२४–२५ र २०२५–२६ सम्म लगातार तलब त्याग्दै आएका छन् ।

 

तलब नलिए पनि उनको आम्दानी मुख्य रूपमा लाभांशबाट आएको देखिएको छ। कम्पनीले प्रतिशेयर ६ रुपैयाँ लाभांश घोषणा गरेपछि अम्बानीको व्यक्तिगत शेयरबाट करिब ९ करोड ६६ लाख भारु लाभांश आउने अनुमान छ । साथै, उनको नियन्त्रणमा रहेको प्रमोटर समूहको ५० प्रतिशतभन्दा बढी हिस्सेदारीबाट करिब ३ हजार ९८७ करोड भारु लाभांश प्राप्त हुने भएको छ । कुल मिलाएर करिब ३ हजार ९९६ करोड बराबरको लाभांश आम्दानी हुने देखिएको छ ।

 

प्रतिवेदन अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति करिब ८.८३ लाख करोड भारु बराबर रहेको छ । उता उनका परिवारका अन्य सदस्य र उच्च व्यवस्थापनको पारिश्रमिक पनि सार्वजनिक गरिएको छ । अनन्त अम्बानीले करिब १२ करोड १७ लाख पारिश्रमिक पाएका छन् ।

 

आकाश र ईशा अम्बानीलाई भने केवल बैठक भत्ता र सानो लाभांश रकम मात्र दिइएको छ । साथै, निकट सहयोगी निखिल मेसवानी र हितल मेसवानीले करिब २५–२५ करोड पारिश्रमिक पाएका छन् । कार्यकारी निर्देशक पीएमएस प्रसादको पारिश्रमिक पनि बढेर करिब २० करोड ५८ लाख पुगेको छ ।

 

रिलायन्सले चौथो त्रैमासिकमा नाफा घटेको पनि जनाएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा कम्पनीको खुद नाफा १३ प्रतिशत घटेर १६ हजार ९७१ करोडमा झरेको छ । तर सोही अवधिमा आम्दानी १३ प्रतिशत बढेर २ लाख ९८ हजार करोड पुगेको जनाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार