तुल्सी अधिकारीलाई इन्टर पोलको सहयोगमा पक्राउ गरि नेपाल ल्याइयो
१७ जेठ, २०८३, आइतवार
- नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा २०८२ चैत ३ गते) मा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको थियो।
काठमाडौँ: ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा फरार रहेका तुल्सी अधिकारीलाई नेपाल प्रहरीले पक्राउ गरी स्वदेश फर्काएको छ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–६ स्थायी घर भई हाल ललितपुरको भैंसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत खोजी जारी गरिएको थियो ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा २०८२ चैत ३ गते) मा उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको थियो।
प्रहरीका अनुसार कुमार चिमोरियाको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा अधिकारीमाथि चार करोड ५० लाख ठगी गरेको आरोप छ । यस सम्बन्धी मुद्दा प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा दर्ता गरिएको थियो ।
रेड कर्नर जारी भएपछि इन्टरपोल शाखा काठमाडौँले निरन्तर अन्तर्राष्ट्रिय समन्वय गर्दै अधिकारीको खोजी कार्य अघि बढाएको थियो । सोही क्रममा उनलाई थाइल्याण्डबाट पक्राउ गरि थाई वायुसेवामार्फत शनिबार राति ११: ४५ बजे नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
नेपाल ल्याइएपछि इन्टरपोल शाखा काठमाडौँले अधिकारीलाई थप कानुनी कारबाहीका लागि ललितपुरबाट खटिएका प्रहरी कर्मचारीको जिम्मा लगाएको छ । प्रहरीले उनीमाथि ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।