राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
१७ जेठ, २०८३, आइतवार
- बजेट बारे छलफल गर्न आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादनको करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरेका हुन् ।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट राज्यको क्षमताअनुसार ल्याएको दाबी गरेका छन् ।
बजेट बारे छलफल गर्न आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. वाग्लेले बजेटको आकार ठूलो नभई कुल गार्हस्थ्य उत्पादनको करिब २८.५ प्रतिशत मात्र रहेको स्पष्ट गर्दै राज्यको क्षमता अनुसारको बजेट ल्याइएको दाबी गरेका हुन् ।
उनले प्रारम्भमा २५ खर्ब रुपैयाँसम्मको बजेट आउने चर्चा भए पनि अन्ततः करिब २१ खर्ब रुपैयाँ हाराहारीमा सीमित गरिएको बताउदै पछिल्ला वर्षमा ३० प्रतिशतभन्दा माथि पुगेको बजेट आकारको प्रवृत्ति तोडिएको बताए ।
अर्थमन्त्री डा. वाग्लेले भूकम्प र कोरोना महामारीका कारण सार्वजनिक ऋण बढेर ४२–४३ प्रतिशतसम्म पुगेको स्वीकार गर्दै हाल ऋण व्यवस्थापनमा सुधार भइरहेको बताए । उनले आगामी वर्ष ४१० अर्ब रुपैयाँ आन्तरिक र २४७ अर्ब रुपैयाँ बाह्य ऋण लिइने र ७२ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरिने बताए ।
तलब वृद्धिबारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारी कर्मचारीको तलब वृद्धि प्रभावकारी रूपमा २१ प्रतिशत पुगेको दाबी गरे । साथै, आगामी वर्षदेखि ऋणको हिसाब गर्ने नयाँ विधिबारे नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।