- विभिन्न ८ विश्वविद्यालयमा परेमा आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ ।
काठमाण्डौ, १४ जेठ । विभिन्न ८ विश्वविद्यालयमा परेमा आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न 'विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३' बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरूमध्ये कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा १८८ दरखास्त स्वीकृत गरिएको हो ।
जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जना, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४ जना, पोखरा विश्वविद्यालयको लागि ३३ जना, राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १८ जना, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १३ जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जनाको आवेदन स्वीकृत भएको समितिले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वाणिज्य बैंकहरूको नाफा १९% ले बढ्यो: ११ महिनामा कमाए ६४ अर्ब ४७ करोड, नबिल शीर्ष स्थानमा
-
नर्वेमाथि इङ्ग्ल्यान्डको जितमा के हो स्पाइडरक्याम विवाद ?
-
एआई कम्पनीका कर्मचारी धनी बन्दै जाँदा सान फ्रान्सिस्कोमा घर किन्न मुस्किल
-
अमेरिकी हस्तक्षेप नरोकिन्जेल होर्मुज बन्द रहने इरानको घोषणा
-
स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।