पोखराको बसपार्क क्षेत्रका सुकुम्बासीको पहिचान र व्यवस्थापन गर्न छुट्टा छुट्टै समिति गठन
१३ जेठ, २०८३, बुधवार
- त्यस्तै महानगरले वडा नम्बर ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्ने गरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको छ ।
पोखरा: पोखरा महानगरपालिकाले वडा नम्बर ९ बसपार्क क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्वासीहरूको पहिचान गरी १० दिन भित्र प्रतिवेदन पेस गर्ने गरी महानगरपालिकाको प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको संयोजकत्वमा सुकुम्वासी समस्या सहजीकरण समिति गठन गरेको छ ।
समितिको सदस्यमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकीका अधिकृत, जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत, साबिक मालपोत कार्यालय कास्कीका अधिकृत, साबिक नापी कार्यालय कास्कीका अधिकृत, जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधि तथा वडा नं. ९ का वडा सचिव सदस्य सचिव रहेका छन् ।
समितिलाई महानगरमा पेस हुन आएका ५७२ जना सुकुम्वासीहरूको विषयमा आवश्यक अध्ययन तथा छानबिन गरी १० दिन प्रति प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । उनका अनुसार महानगरपालिका पोखराको पृथ्वीचोकमा अधिग्रहण गरिएको स्थानमा व्यवस्थित बसपार्क निर्माणको तयारीमा रहेको छ ।
त्यस्तै महानगरले वडा नम्बर ९ पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्वासी तथा भूमिहीन सुकुम्वासी परिवारहरूको स्थानान्तरणका लागि उपयुक्त जग्गा पहिचान तथा सिफारिस गर्ने गरी जग्गा व्यवस्थापन (खोजी) समिति गठन गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा अध्यक्षहरू दीपेन्द्र मर्सानी, तोरण बानियाँ, बोधराज कार्की, वडा नं.२५ की कार्यवाहक अध्यक्ष धना पोख्रेल, नापी शाखा प्रमुख सीता कार्की र सदस्य सचिवमा महानगरका प्रशासकीय अधिकृत टिकाराम बजगाईँ रहेका छन् । समितिलाई १० दिनको कार्यादेश दिइएको महानगरले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीपछि काठमाडौँ महानगर उद्धार तथा राहतका लागि तयारी अवस्थामा
-
भोटेकोशी बाढी प्रभावित संवेदनशील समूहलाई सहयोगका लागि सम्पर्क गर्न आग्रह
-
नेप्सेमा ३५.९२ अंकको गिरावट, ४ अर्ब ७७ करोडको कारोबार
-
नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने
-
टप एन्ड सिरिज: एसिटीले नेपाल ‘ए' लाई दियो १४१ रनको लक्ष्य
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।