बर्दिबासमा तनाव, बस्ति हटाउने सूचना दिन गएको वन कार्यालयको गाडी जलाइयो
२०८३ जेठ १२ मङ्गलवार
- गए राति डिभिजन वन कार्यालयको टोली वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर गाडी जलाइदिएका हुन् ।
बर्दिबास, १२ जेठ । महोत्तरीको बर्दिबासमा स्थानीयले वन कार्यालयको गाडी जलाएका छन् ।
गए राति डिभिजन वन कार्यालयको टोली वन क्षेत्र खाली गराउन सूचना जारी गर्न पुगेको अवस्थामा स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर गाडी जलाइदिएका हुन् ।
महोत्तरीका डिभिजन वन कार्यालय प्रमुख अजय कुमार मिश्रले गए राति करिब १२ बजे वन कार्यालयको गाडीमा आगजनी गरिएको बताएका छन् । स्थानीयले विपी राजमार्ग अवरुद्ध गर्दै वन कर्मचारीलाई घेराउ गरेपछि सुरक्षाकर्मीले उनीहरुको उद्धार गरेको थियो ।
महोत्तरीको राजाबास, कालापानी र वरडाडालगायत क्षेत्रमा करिब १ हजार १ सय हेक्टर अतिक्रमण गरिएको वन क्षेत्र खाली गराउन प्रक्रिया अघि बढाएपछि स्थानीय आक्रोशित भएको बताएका छन् । उनीहरुले मंगलबार बिहान सडक अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।