- लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौं नागरिक विस्थापित हुन थालेका छन् ।
एजेन्सी, ०३ जेठ । युद्धविराम अवधि थप गरिएको भए पनि इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा ३० भन्दा बढी हमला गरिएको छ ।
लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौं नागरिक विस्थापित हुन थालेका छन् । विशेषगरी सैदाबाट बेरुत जाने राजमार्गमा ठूलो संख्यामा मानिसहरू घर छाडेर सुरक्षित स्थानतर्फ गइरहेको दृश्य देखिएको बताइएको छ ।
पछिल्ला केही सातादेखि लेबनानमा युद्धविराम लागू रहे पनि इजरायली आक्रमण भने रोकिएको छैन । लगातारको हमला र खाली गर्न जारी गरिएका आदेशका कारण दक्षिण लेबनानका बासिन्दा त्रसित बनेका छन् । स्थानीय प्रतिवेदनअनुसार हवाई आक्रमणपछि धेरै परिवारले आफ्नो घर छाड्न बाध्य भएका छन् भने सीमावर्ती क्षेत्रमा तनाव अझ बढ्दै गएको छ ।
अमेरिकामा दुई दिन भएको वार्तामा शुक्रबार राति इजरायल र लेबनानबीच युद्धविराम ४५ दिनका लागि बढाउने र राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु गर्ने सहमति भएको थियो । मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताइएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।