- रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको 'सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता' मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ ।
काठमाडौँ: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मे १९ र २० मा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा पुटिन चीन जान लागेका हुन् ।
रुसले पुटिनको यो भ्रमण दुई देशबीच भएको 'सद्भाव, मित्रता र आपसी सहयोगसम्बन्धी सम्झौता' मा हस्ताक्षर भएको २५औँ वार्षिकोत्सवको अवसरमा हुन लागेको जनाएको छ ।
यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणपछि हुन लागेको हो ।
रिपोर्टका अनुसार क्रेमलिनले जारी गरेको वक्तव्यमा पुटिनले आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँग रुस–चीनबीचको 'व्यापक साझेदारी र रणनीतिक सहयोग' का विषयमा छलफल गर्ने उल्लेख गरिएको छ ।
क्रेमलिनका अनुसार दुवै नेताले महत्वपूर्ण अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि विचार आदानप्रदान गर्नेछन् । छलफलपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ । पश्चिमी देशहरूले रुसको तेल तथा ग्यासमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदार बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।