लाक्पाले तोडिन आफ्नै किर्तिमान, ११औं पटक सगरमाथाको सफल आरोहण

२०८३ जेठ ०३ आईतवार
सारांश
  • ‘हिमालकी रानी’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

काठमाण्डौ, ०३ जेठ । ‘हिमालकी रानी’ उपनामले परिचित लाक्पा शेर्पाले ११औं पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

 

शेर्माले आइतबार बिहान ९ बजेर ३० मिनेटमा ११औं पटक सगरमाथाको सफल आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान कायम गरेकी छन् । उनले यसअघि आफैले राखे १० पटक आरोहणको किर्तिमान तोडेकी हुन् ।

 

उनले पछिल्लो पटक २०२२ को मे १२ मा १० औं पटक सगरमाथाको आरोहण गरेकी थिइन् । उनले पहिलो पटक सन् २००० मा सगरमाथाको आरोहण गरेकी थिइन् भने त्यसपछि २००१, २००३, २००४, २००५, २००६, २०१६, २०१७, २०१८ र २०२२ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

 

सन् १९७३ मा संखुवासभा, मकालु–२ मा जन्मिएकी लाक्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण किर्तिमान बनाएकी छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार