भेनेजुएलाका मादुरोका निकट पूर्वमन्त्रीलाई अमेरिका सुपुर्दगी
२०८३ जेठ ०३ आईतवार
- अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ ।
काठमाण्डौ, ०३ जेठ । भेनेजुएलाको राजनीतिक घटनाक्रम फेरि तनावपूर्ण बनेको छ । अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगी तथा पूर्व उद्योगमन्त्री एलेक्स साबलाई अमेरिकामा सुपुर्दगी गरिएको छ ।
एलेक्स साब धनी व्यवसायी हुन् र कोलम्बियामा जन्मिएका थिए । उनलाई मादुरोको अत्यन्त नजिकका सहयोगीमध्ये एक मानिन्छ ।
यसअघि फेब्रुअरीमा काराकासमा अमेरिकी र भेनेजुएला अधिकारीहरूको संयुक्त कारबाहीमा उनलाई पक्राउ गरिएको थियो । उनीमाथि लगाइएका आरोपबारे भने हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन ।
यसअघि सन् २०२० मा एलेक्स साबलाई पश्चिम अफ्रिकी देश केप भर्डेमा पक्राउ गरिएको थियो । त्यतिबेला उनीमाथि मनी लाउन्डरिङ (अवैध धन शुद्धीकरण) को आरोप लागेको थियो र उनलाई अमेरिकामा सुपुर्द गरिएको थियो । तर तीन वर्षपछि उनीलाई माफी दिइएको थियो ।
यसैबीच, गत जनवरीमा अमेरिकाले भेनेजुएलामा विशेष सैन्य अभियान सञ्चालन गर्दै निकोलस मादुरोलाई पक्राउ गरी अमेरिकामा लगेको दाबी गरिएको थियो ।
अमेरिकामा अदालत सुनुवाइका क्रममा मादुरोले आफूलाई भेनेजुएला गणराज्यको राष्ट्रपति भएको भन्दै आफूलाई घरबाट अपहरण गरेर लगिएको दाबी गरेका थिए । उनले आफूलाई काराकासस्थित घरबाटै पक्राउ गरिएको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।