सुशिला कार्कीको आक्रोश- बालेनकी श्रीमतीलाई आमा भन !

२०८३ वैशाख २७ आइतवार
सारांश
  • शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले पत्रकारलाई 'बालेनकी श्रीमतीलाई आमा भन' भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

काठमाण्डौ, २७ वैशाख । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमबाट निस्कने क्रममा कार्कीले पत्रकारलाई 'बालेनकी श्रीमतीलाई आमा भन' भनेको भिडियो क्लीप अहिले भाइरल भएको हो ।

 

शनिबार एक कार्यक्रमबाट निस्किने क्रममा सुशिला कार्कीलाई एक पत्रकारले ‘दर्शन आमा’ भनेर अभिवादन गर्दा उनले आक्रोशित हुदै प्रतिक्रिया दिएकी थिइन् । उनले भनिन्- ' को ले हो आमा भनेको ? तिमीहरूको आमा नै फेरिइसक्यो । बालेनको श्रीमतीलाई आमा भन ।’

 

यसले कार्कीको प्रधानमन्त्री बालेन शाहसँगको सम्बन्ध ब्रिग्रिएको चर्चा चलिरहेको छ । बालेनले सरकार बनाएपछि गरेका निर्णयका कारण कार्की असन्तुष्ट रहेको देखिएको छ । प्रधानन्यायाधीश सिफारिसमा उनले सार्बजनिक रुपमै मिडियामा असन्तुष्टि व्यक्त गरेकी छन् । त्यस्तै उनले जदाजादै नियुक्ति दिएका आफ्ना तत्कालिन स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई समेत बालेनले ल्याएको अध्यादेशका कारण पद गुमाउनुपरेको थियो ।

 

बालेनले सुशिला कार्कीलाई आमा भनेर सम्बोधन गर्ने गरेका थिए । यहाँसम्मकी उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्नी आमा र श्रीमतीसहित कार्कीको समेत तस्वीर राखेर शुभकामना दिएका थिए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार