घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुविरुद्ध मुद्धा दायर
२५ बैसाख, २०८३, शुक्रवार
- आयोगका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै मस्राङ्गीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै मस्राङ्गीले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना र उजुरीपछि अनुसन्धान गरिएको थियो ।
टंगालबाट खटिएको अख्तियारको टोलीले मस्राङ्गीलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलापत्रतर्फ अघि बढेको अवस्थामा उनले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिएको आयोगको भनाइ छ । तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराइदिने, मुद्दा मिलाइदिने तथा कारबाही टुंग्याइदिने विषयमा सहजीकरण गरिदिने भन्दै उनले १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगले मस्राङ्गीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत १५ हजार रुपैयाँ बिगो कायम गर्दै कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ । सोही मागसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।