आर्सनल च्याम्पियन्स लिगको फाइनलमा

२०८३ वैशाख २३ बुधवार
सारांश
  • आर्सनल यस बर्षको युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

काठमाण्डौ, २३ वैशाख । आर्सनल यस बर्षको युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

 

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित आर्सनल फाइनलमा पुगेको हो । आर्सनलको जितमा खेलको ४४औं मिनेटमा बुकायो साकाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

 

अब आर्सनलले फाइनलमा बायर्न म्युनिख र पिएसजीबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ । फाइनल खेल मे ३० मा हुने छ ।

 

आर्सनल २००५-०६ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सो बर्ष फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएर उपविजेता बनेको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार