- आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।
काठमाण्डौ, १९ वैशाख । जारी आइपिएलमा आज एक खेल हुँदैछ । आइपिएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ ।
जारी आइपिएलमा चेन्नईमा ८ खेलमा ३ जित र ५ हार बेहोरेको छ । चेन्नईको ६ अंक छ र हाल छैटौं स्थानमा रहेको छ । यस आइपिएलमा यस अघि खेलेको खेलमा चेन्नईले मुम्बईलाई पराजित गरेको थियो ।
त्यस्तै मुम्बईको भने यस सिजनमा खराब प्रदर्शन रहेको छ । मुम्बईले अहिलेसम्म खेलेका ८ खेलमा केवल २ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । मुम्बई प्लेअफमा छनौट हुन अब बाँकी सबै खेल जित्नुपर्ने अवस्था रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।