शल्यक्रियापछिको पुनःस्थापना प्रक्रियाका लागि कतार पुगिन् साम्बा
२१ बैसाख, २०८३, सोमवार
- लामो प्रयासपछि कतारको अस्पेटार अस्पताल पुगेकी उनले अब केही महिना त्यहीँ बसेर शल्यक्रियापछिको पुनःस्थापना प्रक्रिया अगाडि बढाउने बताएकी छन् । यस कठिन समयमा साथ दिने समर्थक, क्लब र सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन् ।
काठमाडौँ: नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो उपचार र पुनःस्थापनाबारे जानकारी दिएकी छन् ।
लामो प्रयासपछि कतारको अस्पेटार अस्पताल पुगेकी उनले अब केही महिना त्यहीँ बसेर शल्यक्रियापछिको पुनःस्थापना प्रक्रिया अगाडि बढाउने बताएकी छन् । यस कठिन समयमा साथ दिने समर्थक, क्लब र सहयोगीप्रति उनले आभार व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- 'लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु ।
सम्पूर्ण समर्थक, मेरो क्लब र यो कठिन समयमा साथ दिनुहुने सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगका लागि सधैं आभारी छु । मेरो शल्यक्रियापछिको रिकभरी सोचेजस्तै चलिरहेको छ ।'
उनका अनुसार शल्यक्रियापछिको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। आफू पुनः मैदान फर्किने लक्ष्यमा केन्द्रित रहेको उनले बताइन् ।
यसैबीच, नेपालमा फुटबलको वर्तमान अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेकी छन् । नेपाली फुटबल छिट्टै सुधार हुने विश्वास व्यक्त गर्दै उनले आफ्नो लक्ष्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
१० प्रतिशत निःशुल्क शय्या सेवामा स्वास्थ्य मन्त्रालयको कडाइ
-
राहदानी ऐन उल्लङ्घन प्रकरणमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
-
साँस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधिमाथि छलफल
-
ट्रम्पको दाबी इरानद्वारा अस्वीकार, अमेरिकासँग वार्ताको कुनै योजना नरहेको स्पष्ट
-
जुलाई महिनामा नेपाल आए ७१ हजार विदेशी पर्यटक
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।