- नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न गर्ने, भदौं १६ देखि भदौं मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने, असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कातिक १५ सम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
काठमाडौं: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । नेकपाले आउँदो मंसिर ११-१५ गते काठमाडौंमा हुने गरी एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो ।
नेकपाले सार्वजनिक गरेको कार्यतालिका अनुसार आउँदो असार र साउन मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, भदौं १५ गतेसम्म वडा तहका अधिवेशनहरु सम्पन्न गर्ने, भदौं १६ देखि भदौं मसान्तसम्म पालिका तहका अधिवेशन सम्पन्न गर्ने, असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने, कातिक १५ सम्म प्रदेशस्तरका अधिवेशन सम्पन्न गर्ने जनाएको छ ।
नेकपाले पार्टीको सबै तहका अधिवेशन तथा एकता राष्ट्रिय महाधिवेशनसम्बन्धी दस्तावेज तथा कार्यविधिको तयारी केन्द्रीय कार्यसमिति वैठकको निर्णयबाट गरिने जनाएको छ । २०८२ चैत १९ देखि सुरु भई १० दिन सञ्चालन भई बैसाख १४ मा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको अध्यक्षतामा बसेको वैठकले पार्टीको वैचारिक। सांगठनिक तथा समसामयिक राजनीतिक विषयमा गरिएका निर्णयहरु समेत सार्वजनिक गरिएको छ ।
पार्टीको तत्कालीन कार्ययोजना अन्तर्गत वैचारिक, राजनीतिक, सांगठनिक र साँस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठन प्रक्रिया अघि बढाउँदै मंसिर १५ गते हुने एकता राष्ट्रिय महाधिवेशनबाट पूर्णता दिइने जनाइएको छ । यस्तै पार्टीको वडादेखि केन्द्रसम्मका कमिटीहरुमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरुको समावेशीता रहने, जसमा नवयुवाहरुको प्रतिनिधित्व ५० प्रतिशत पुर्याउने निर्णय गरिएको छ ।
यस्तै नेकपाको तर्फबाट संविधान संशोधन सुझाव कार्यदल गठन गरिएको छ । जसमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बरविक्रम कार्की, अधिवक्ता जेगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की
-
नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका
-
अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा
-
आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी भइरहेको अर्थमन्त्री वाग्लेको भनाइ
-
इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति
धेरै पढिएको
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।