अमेरिकी विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

१९ बैसाख, २०८३, शनिवार
सारांश
  • शनिबार काठमाडौंमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रास्वपा सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।

 

शनिबार काठमाडौंमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।


उनले नेपालको नयाँ सरकारसँग सुधारका लागि जनादेश रहेको र घोषणा गरिएका सुधार आशाजनक भएको टिप्पणी गरेका छन्। काठमाडौं आएका गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए। 

 

उनी आज राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार