अमेरिकी विशेष दूत सर्जियो गोर र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता
१९ बैसाख, २०८३, शनिवार
- शनिबार काठमाडौंमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर ले रास्वपा सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।
शनिबार काठमाडौंमा भएको भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनले नेपालको नयाँ सरकारसँग सुधारका लागि जनादेश रहेको र घोषणा गरिएका सुधार आशाजनक भएको टिप्पणी गरेका छन्। काठमाडौं आएका गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए।
उनी आज राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ भाद्र ३० गते मङ्गलवार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।