आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी भइरहेको अर्थमन्त्री वाग्लेको भनाइ
१९ बैसाख, २०८३, शनिवार
- काठमाडौँमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्र चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित तयार भइरहेको बताएका छन्।
काठमाडौँमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्र चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
उनले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई समेत आधार मानेर बजेट निर्माण भइरहेको जानकारी दिए। निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र आर्थिक विकास सम्भव हुने भन्दै उनले व्यवसायी र उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
साथै, निजी सम्पत्तिको सुरक्षा, कर प्रणालीमा सुधार र सम्झौताहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउने नीति अघि बढाइने पनि अर्थमन्त्री वाग्लेले बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अब मोबाइलमै कर्मकाण्ड : एआई प्रविधिबाट वैदिक विधि र पञ्चाङ्ग सेवा
-
किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ
-
संस्थापन पक्षको आव्हान देउवा समुहबाट अस्वीकार, असोज १५ देखि महाधिवेशन प्रक्रिया शुरु गर्ने
-
बाढीपीडित तथा संरक्षण आवश्यक बालबालिकाका लागि ‘स्याहार योजना’ कार्यान्वयन
-
जोन्सनसहितका युरेपेली नेताहरुले छोडेको केहि समयमै युक्रेनमा रेलमाथि रुसी ड्रोन आक्रमण
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।