आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी भइरहेको अर्थमन्त्री वाग्लेको भनाइ
१९ बैसाख, २०८३, शनिवार
- काठमाडौँमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्र चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित तयार भइरहेको बताएका छन्।
काठमाडौँमा आयोजित आर्थिक परिसंवाद कार्यक्रममा उनले अर्थतन्त्र चलायमान बनाउन असान्दर्भिक ऐन खारेजी र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको बताए।
उनले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनलाई समेत आधार मानेर बजेट निर्माण भइरहेको जानकारी दिए। निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र आर्थिक विकास सम्भव हुने भन्दै उनले व्यवसायी र उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
साथै, निजी सम्पत्तिको सुरक्षा, कर प्रणालीमा सुधार र सम्झौताहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउने नीति अघि बढाइने पनि अर्थमन्त्री वाग्लेले बताएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।