प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

१९ बैसाख, २०८३, शनिवार
सारांश
  • कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। महानिरीक्षक कार्कीले निर्माण कार्य समयमै सम्पन्न गराउन योगदान दिने सबैलाई धन्यवाद दिँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्ने बताएका थिए । उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

नवलपरासी: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका नवनिर्मित कार्यालय भवन, ब्यारेक र मेस भवन उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा वृक्षारोपण गरेका छन् ।

 

कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। महानिरीक्षक कार्कीले निर्माण कार्य समयमै सम्पन्न गराउन योगदान दिने सबैलाई धन्यवाद दिँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्ने बताएका थिए । उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

 

उनले नवनिर्मित संरचना नागरिक र प्रहरीको साझा सम्पत्ति भएकाले यसको संरक्षण दुवै पक्षको दायित्व भएको उल्लेख गर्दै शिष्ट, अनुशासित र नागरिकमैत्री सेवा दिन प्रहरीलाई निर्देशन दिएका छन्। साथै नागरिकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छथिए ।

 

कार्यक्रममा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य दिए भने प्रहरी उपरीक्षक दानबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

 

गण्डकी प्रदेश सरकारको बजेटबाट ३ करोड २ लाख १२ हजार ६७६ लागतमा भवन निर्माण सम्पन्न भएको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार