प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की
१९ बैसाख, २०८३, शनिवार
- कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। महानिरीक्षक कार्कीले निर्माण कार्य समयमै सम्पन्न गराउन योगदान दिने सबैलाई धन्यवाद दिँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्ने बताएका थिए । उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
नवलपरासी: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका नवनिर्मित कार्यालय भवन, ब्यारेक र मेस भवन उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा वृक्षारोपण गरेका छन् ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। महानिरीक्षक कार्कीले निर्माण कार्य समयमै सम्पन्न गराउन योगदान दिने सबैलाई धन्यवाद दिँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्ने बताएका थिए । उनले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।
उनले नवनिर्मित संरचना नागरिक र प्रहरीको साझा सम्पत्ति भएकाले यसको संरक्षण दुवै पक्षको दायित्व भएको उल्लेख गर्दै शिष्ट, अनुशासित र नागरिकमैत्री सेवा दिन प्रहरीलाई निर्देशन दिएका छन्। साथै नागरिकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छथिए ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य दिए भने प्रहरी उपरीक्षक दानबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश सरकारको बजेटबाट ३ करोड २ लाख १२ हजार ६७६ लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सुस्तामा फेरि भारतीय एसएसबी प्रवेश : निर्माणाधीन बाँध भत्काइयो, झडपमा ३ नेपाली घाइते
-
चीनमा विद्युतीय सवारीको बढ्दो प्रयोगले इन्धन खपतमा ठूलो गिरावट
-
करदाता प्रोत्साहन उपहार कार्यक्रमको पोर्टल सञ्चालनमा, बिल दर्ता गराउन आह्वान
-
इरानविरुद्धको आक्रमण रोक्ने ट्रम्पको घोषणा
-
सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।