कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित

११ बैसाख, २०८३, शुक्रवार
सारांश
  • शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको नेताको निर्वाचन स्थगन गरिएको हो ।

काठमाडौँ: नेपाली कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचन स्थगित गरिएको छ । 

 

शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्कालका लागि संसदीय दलको नेताको निर्वाचन स्थगन गरिएको हो ।

 

कार्यसम्पादन समिति बैठकबाट शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री रहेको कार्यदल बनाइएको छ । अब कार्यदलले सर्वसम्मतिको पहल गर्ने र सहमति हुन नसकेपाची निर्वाचनमा जाने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिएका छन् ।

 

यसअघि कांग्रेसको आजै संसदीय दलको निर्वाचन गर्ने तयारी गरिएको थियो । जस अनुसार विहिबार नै मतदाता नामावली सार्बजनिक समेत गरिएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।

थप समाचार