सभामुख अर्यालको उपस्थितिमा डिजिटल पूर्वाधार सुदृढीकरण बारे उच्चस्तरीय छलफल
११ बैसाख, २०८३, शुक्रवार
- छलफलमा राष्ट्रिय परिचयपत्रको सुरक्षित र प्रभावकारी कार्यान्वयन, डाटा सेन्टर तथा सरकारी अनुप्रयोगहरूको प्राथमिकता निर्धारण, सरकारी लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य तथा साझेदारीका विषयमा गम्भीर विचार–विमर्श गरिएको थियो।
काठमाडौँ: सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा नेपालको डिजिटल पूर्वाधार सुदृढीकरणसँग सम्बन्धित विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा राष्ट्रिय परिचयपत्रको सुरक्षित र प्रभावकारी कार्यान्वयन, डाटा सेन्टर तथा सरकारी अनुप्रयोगहरूको प्राथमिकता निर्धारण, सरकारी लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य तथा साझेदारीका विषयमा गम्भीर विचार–विमर्श गरिएको थियो।
यसका साथै सूचना प्रविधि क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरू र तिनका समाधानका उपायबारे पनि विस्तृत छलफल भएको जनाइएको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सना, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेलगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलमा डिजिटल पूर्वाधारलाई अझ प्रभावकारी, सुरक्षित र सर्वसुलभ बनाउने दिशामा आवश्यक समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिइएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।