- सेनाले यस्ता कपोलकल्पित र भ्रामक सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरेको छ ।
काठमाडौँ: नेपाली सेनाले पछिल्लो समय विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सेना तथा यसको नेतृत्वलाई लिएर फैलाइएका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सेनाले यस्ता कपोलकल्पित र भ्रामक सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सूचना प्रसारण नगर्न र नगराउन आग्रह गरेको छ ।
नेपाली सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको पनि स्पष्ट पर्दै यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने भन्दै सेनाले चेतावनी दिएको छ ।
साथै, आम जनमानसलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न अनुरोध गरिएको छ । आधिकारिक जानकारीका लागि नेपाली सेनाले जारी गर्ने प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’