बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
११ बैसाख, २०८३, शुक्रवार
- शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी ९बहुमत०का महासचिव धर्मेन्द्र बास्तोलाले वर्तमान सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने सरकार रहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान परिस्थिति र आगामी बाटो’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र भएको र अहिलेको सरकारको दोहोरो चरित्र भएको बताए ।
उनले भने,‘अहिले रास्वपाको सरकारले जसरी साम्राज्यवादीको एजेण्डको रुपमा काम गरिरहेको छ त्यसरी नै अरु पार्टीले जितेको हुन्थ्यो भने पनि त्यो साम्राज्यवादीको दलाल कै पार्टी हुन्थ्यो । पहिलेका पार्टीहरु साम्राज्यवादीको गोटी भएपनि राजनीतिक तरिकाले आएको भएर तिनिहरुको एउटा चरित्र हुन्थ्यो तर अहिलेको सरकार साम्राज्यवादीको एजेण्टको रुपमा काम गर्ने दोहोरो चरित्र भएको सरकार हो ।’
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘साम्राज्यवादी शक्तिहरूको कठपुतली सरकार’को संज्ञा दिए । कठपुतली सरकारको निर्वाचनबाट जुनै पार्टीले चुनाव जितेर आएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्ने उनको भनाइ छ ।
उनले भने,‘सुशीला कार्की नेतृत्वमा साम्राज्यवादीहरुको कठपुतली सरकार बनेको थियो । त्यो कठपुतली सरकारले गर्ने निर्वाचन भनेको कठपुतली संसद खडा गर्ने थियो । त्यो कठपुतली सरकारको निर्वाचनबाट बनेको सरकार भनेको अमेरिकी साम्राज्यवादको दलाल नै हुन्थ्यो । कांग्रेस, एमाले, राप्रपा ,नेकपा या अरु चुनावमा गएका सबै पार्टीले शतप्रतिशत नै ल्याएको भएपनि त्यो साम्राज्यवादीको एजेण्ट नै बन्नेथिए ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर
-
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
-
इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण
-
डा. डिल्लीरमण रेग्मी पुरस्कार वरिष्ठ चिकित्सक डा. दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पोखरेललाई संयुक्त रूपमा प्रदान
-
विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।